‘यूनिभर्सिटी अफ गुण्डाज’मा सलिन र सलोन

१६ माघ २०८० ४:११

‘जय हो’पछि सलोन–सलिना फिल्मस्ले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । यो ब्यानरमा बन्न लागेको नयाँ चलचित्रको नाम ‘यूनिभर्सिटी अफ गुण्डाज’ राखिएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । यो चलचित्रबाट नायक सलिनमान बनियाँले कमब्याक गर्ने पक्का भएको छ । चलचित्र ‘यात्रा’मा काम गरेपछि चलचित्र क्षेत्रबाट टाढा जस्तै देखिएका सलिन फेरि दर्शकमाझ आउनेछन् ।

एक्सन शैलीमा निर्माण हुन लागेको चलचित्रले विश्वविद्यालयमा हुने गरेको गुन्डागर्दीको कथालाई उठान गर्नेछ । चलचित्रमा सलिनमान बनियाँ र नायक सलोन बस्नेतले काम गर्ने पक्का भएको छ । अझै, चलचित्रका लागि अझै दुई नायक र दुई नायिका फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । चलचित्रलाई ४ करोडको बजेटमा निर्माण गरिनेछ ।

चलचित्रका लागि नाम चलेका निर्देशकसँग कुराकानी भइरहेको र चाडै नै घोषणा गर्ने सलोनले हाम्रो सिनेमालाई बताएका छन् ।

चलचित्र ‘ए मेरो हजुर २ र यात्रा’मा एकसाथ काम गरेका सलिन र सलोनले तेस्रो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् । चलचित्रको छायांकन आउँदो बर्षको सुरुवातबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *