‘म को हुँ’ भन्दै रामकृष्ण र रानी, सरोज र शिल्पाको मार्मिक अभिनय

५ माघ २०८० ७:४७

बरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको जीवन्त अभिनयमा ‘म को हुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर छ । रामकृष्ण र रानीको स्वरले गीतलाई अझै मार्मिक बनाएको छ । आफ्नो प्रेम पाउन नसकेर छटपटिएका एक प्रेमिल जोडीको कथामा यो भिडियो तयार पारिएको छ । यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ ।

यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् । राम कुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

सार्वजनिक भिडियोमा के आफ्नो र को पराई हो भन्ने प्रश्न गरिएको छ । रामकृष्ण र रानीको स्वरले गीतलाई अझै जीवन्त बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *