‘महाजात्रा’को ‘आहा क्या राम्रो’ बोलको गीत रिलिज, बलियो छ अडियो र भिडियो

१ माघ २०८० ८:४५

चलचित्र ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको फस्टलुक केही दिन अगाडि रिलिज भएको थियो । अब, यो चलचित्रको प्रमोशनल गीत निर्माणपक्षले माघे संक्रान्तीको अवसर पारेर सार्वजनिक गरेको छ । आहा क्या राम्रो’ बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको हो । आशिष अविरल र अस्मिता अधिकारीको स्वर, एक नारायण भण्डारीको शब्द र आशिष अविरलकै संगीतमा तयार भएको यो गीत राम्रो छ । यो गीतले दर्शकलाई झुमाउने निश्चित छ ।

गीतको भिडियोलाई पनि निर्माणपक्षले उत्कृष्ट बनाएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारसहित अतिथी कलाकारहरु आश्मा विश्वकर्मा र अरुण क्षेत्रीले पावरफूल नृत्य गरेका छन् ।

साथमा, गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको नृत्य हेर्न सकिन्छ । निर्माणपक्षले यसलाई प्रमोशनल गीतको रुपमा तयार पारेको हो ।

यो गीत र भिडियोले चलचित्रप्रतिको उत्सुकता बढाउने निश्चित छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ र वर्षा राउतको पनि नृत्य हेर्न सकिन्छ ।

कविराज गहतराको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, गौमाया गुरुङ, दिव्य देव, राजनी गुरुङ, सुमन कार्की, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

यो चलचित्रले बक्स अफिसमा विष्फोटक व्यापार गर्ने आँकलन गरिएको छ । यो बर्षको अर्को ब्लकबस्टर व्यापार गर्ने चलचित्रको रुपमा ‘महाजात्रा’लाई लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *