‘खुस्मा’ बन्दै उपासना, धिरजसँग जोडी बाँध्दै (भिडियोसहित)

१ माघ २०८० ८:०७

चलचित्र ‘खुस्मा’को निर्माण घोषणा गरिएको छ । अशोक थापा मगरको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई रुकुममा खिचिनेछ । यो चलचित्रको शिर्ष भूमिकामा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको छ । चलचित्रमा उपासनासँग नायक धिरज मगरको रोमान्स हेर्न सकिन्छ । यो चलचित्रको कथावस्तुलाई लिएर उपासना र धिरज उत्साहित छन् ।

चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । चलचित्रमा एसडी योगीको संगीत, दीपक बज्राचार्यको छायांकन रहनेछ । चलचित्रमा अस्तित्व भट्टचन, खड्क बहादुर पुन र अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहेछ । एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई गोविन्द शाहीले वितरण गर्नेछन् ।

चलचित्र ‘खुस्मा’ले द्धन्द्धकालको प्रेम कथालाई प्रस्तुत गर्नेछ । नायिका ठकुरीले चलचित्रमा आफ्नो भूमिकाले दर्शकलाई उत्साहित बनाउने आशा व्यक्त गरिन् । चलचित्रबाट नायक मगर पनि निकै आशावादी र उत्साहित छन् । उनले, यो चलचित्रको गेटअप सार्वजनिक भएपछि दर्शकका लागि केही विशेष हुने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *