३० दिनमा सकियो ‘११ः ५५’को छायांकन, उत्साहित छिन् श्रृष्टी

२६ पुष २०८० ६:११

चलचित्र ‘११ः५५’ को छायांकन सकिएको छ । चलचित्रको छायांकन सकिएको अवसरमा यसको निर्माणपक्षले बुधबार बेलुकी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा चलचित्रसँग जोडिएका प्राविधिक तथा कलाकारहरुलाई सम्मान गरिएको थियो ।

चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको छ । यो चलचित्रमा महेश त्रिपाठी, श्रृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा ६ व्यक्तिको कथा समेटिएको छ । चलचित्रको छायांकन समयमा नै सकिएकोमा खुशी लागेको भन्दै नायिका श्रृष्टी श्रेष्ठले आफूहरुले राम्रो काम गरेको बताइन् ।

विचित्र फिल्मसँग गुड जब आर्टस्को सहकार्यमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ भने जुनानाथ सापकोटा यसका सह–निर्माता हुन् ।

प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको एक्सन रहेको चलचित्रले सस्पेन्स थ्रिलर कथालाई उठान गरेको छ । यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *