‘गाउँ नै रमाइलो’मा मिरुना र बुद्धि अनुबन्धित

२१ पुष २०८० ५:३६

चलचित्र ‘गाउँ नै रमाइलो’ निर्माणअघि नै यसका कलाकारको लाइनअपका कारण चर्चामा छ । आउँदो बर्षको दशैंमा रिलिज हुने चलचित्रको छायांकन केही महिनापछि मात्र सुरु हुनेछ । हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

यो चलचित्रमा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई अनुवन्धित भइसकेका छन् । अब, चलचित्रमा नायिकाको रुपमा मिरुना मगरको प्रवेश भएको छ । चलचित्रका लेखक विकास सुवेदी र निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता गरेका हुन् ।

चलचित्रमा कलाकार बुद्धि तामाङको पनि प्रवेश भएको छ । योसँगै चलचित्रमा कलाकारको लाइनअप अझै बलियो बनेको छ । चलचित्रका लागि अझै केही नायक र नायिका फाइनल हुन बाँकी रहेको निर्माता कडरियाले जानकारी दिएका छन् ।

चलचित्र ‘गाउँ नै रमाइलो’ले गाउँको कथालाई सामाजिक रुपमा प्रस्तुत गर्नेछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता कडरिया बताउँछन् ।

निर्माता कडरियाले निर्माण गरेको चलचित्र ‘नांगो गाउँ’ यो बर्षको हिट चलचित्र हो । उनले ‘नांगो गाउँ २ र दुःखी आत्मा’ निर्माणको घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *