‘पर्खि बसेँ तिमीलाई’को शिर्ष गीतमा छल्कियो रक्षा र किरणको प्रेम

१७ पुष २०८० १०:०५

चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ पुसको २७ गतेबाट रिलिज हुँदैछ । रोमान्टिक लभ स्टोरी कथामा बनेको यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा २ दर्जन बढी चलचित्र निर्देशन गरेका दीपकको यो चलचित्र पनि प्रतिक्षामा छ ।

यसैबिच, यसको निर्माणपक्षले चलचित्रको शिर्ष गीत सार्वजनिक गरेको छ । यो गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको संगीत र डाक्टर कृष्णहरी बरालको शब्द छ ।

गीतको अडियो कर्णप्रिय छ । लभ स्टोरी कथामा बनेको चलचित्रको गीतसंगीतले दर्शकको मनमा छुन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रको गीतले पनि दुई पात्रको प्रेम र समर्पणलाई व्यक्त गरेको छ ।

चलचित्रको यो गीतको भिडियोमा किरण र रक्षाले प्रेमलाई महशुश गराउने गरि काम गरेका छन् । यी दुई कलाकारले पनि चलचित्र क्षेत्रमा संभावना देखाएका छन् ।

चलचित्रमा राजाराम बुढाथोकीको लगानी छ । रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ ।

चलचित्रको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *