‘हात्तीछाप’को ‘मायालु’ गीतमा छल्कियो दया र उपासनाको प्रेम

१३ पुष २०८० ५:४७

चलचित्र ‘हात्तीछाप’मा समावेश ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । माघ २६ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको पहिलो रोमान्टिक गीत आज सार्वजनिक गरिएको हो ।

हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ ।

चलचित्रको यो गीतमा मुख्य कलाकारद्धय नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक अवतारमा देखाइएको छ । यो गीतको भिडियोले चलचित्र भित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरलाई दर्शकले रुचाइसकेका छन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ ।

रोहित कट्टेलले नेपालमा यो चलचित्रको वितरण गर्नेछन् भने एमएसएम पोष्ट प्रोडक्शनले ओभरसिजमा चलचित्रको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली चलचित्रका कार्यकारी निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *