‘गाउँ नै रमाइलो’ निर्माणको घोषणा, आर्यन र दयाहाङ एकसाथ देखिदै

११ पुष २०८० ३:०९

नेपाली चलचित्रका दुई सुपरस्टार नायकहरुलाई एकसाथ पर्दामा देखाउने तयारीका साथ चलचित्र ‘गाउँ नै रमाइलो’को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । विकास सुवेदीको लेखन रहेको चलचित्रलाई हिमाल कडरियाले निर्माण गर्न लागेका हुन् । हिमालले यसअघि निर्माण गरेको चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन आउँदो बर्षको जेठ महिनाबाट सुरु हुनेछ ।

यसैबिच, यो चलचित्रमा नेपाली चलचित्र क्षेत्रका दुई सुपरस्टार नायकहरुले एकसाथ काम गर्ने पक्का भएको छ । चलचित्रमा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राइले एकसाथ काम गर्ने पक्का भएको हो । अन्य कलाकारको बारेमा जानकारी विस्तारै दिने निर्माणपक्षले बताएको छ ।


चलचित्र ‘गाउँ नै रमाइलो’को प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गरिने निर्माणपक्षले घोषणा गरेको छ । चलचित्रको नेपाल वितरण आरआर फिल्मस्ले गर्नेछ ।

निर्माता कडरियाले चलचित्रले दशैंको कथालाई नै प्रस्तुत गर्ने भएकाले दशैंमा रिलिज गर्ने घोषणा गरिएको बताए । यो चलचित्रलाई ओभरसिजमा एमएसएस इन्टरटेन्मेन्टले वितरण गर्नेछ । निर्माता कडरियाले अर्को बर्ष रिलिज हुने गरि चलचित्र ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *