फ्रेबुअरी ९ मा जापान र कोरियामा रिलिज हुँदैछ ‘हात्तीछाप’

१० पुष २०८० ६:५४

नेपाली चलचित्र ‘हात्तीछाप’ फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । यो चलचित्रलाई जापान र दक्षिण कोरियामा टिम यूएनएले रिलिज गर्न लागेको हो ।

यूएनए इन्टरटेन्मेन्टले यो चलचित्रको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘चलचित्रको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

चलचित्र ‘दिमाग खराब’ रिलिज भएपछि सुस्त बनेको नेपाली चलचित्रको बजारलाई यो चलचित्रले उठाउने अपेक्षा धेरेको छ । चलचित्रको टिजरले दर्शकको साथ पाइरहँदा विश्व बजारमा पनि यसको माग बढेको छ ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

जापान र कोरिया नेपाली चलचित्रका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *