किरण र रक्षाको लभ स्टोरी कथामा ‘पर्खी बसे तिमीलाई’को ट्रेलर

९ पुष २०८० ९:५८

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पर्खी बसे तिमीलाई’को ट्रेलर आज सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा धनाढ्य यूवती र पठाओ चालक यूवाबिचको प्रेम कथालाई देखाइएको छ । यो ट्रेलरले दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राख्छ ।

चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । जसले, यसअिघ निर्देशन गरेका ‘पर्खी बसे, हिम्मत, पापी मान्छे, दुःख’ लगायतका चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेका थिए ।

चलचित्र ‘पर्खी बसे तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकी नयाँ कलाकारको रुपमा डेब्यू गर्दैछन् । यही चलचित्रबाट अनिसा रसाइलीले पनि चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । चलचित्रमा यी कलाकारको साथमा शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई र मनिष श्रेष्ठ चलचित्रमा मुख्य भूमिकामा छन् ।

चलचित्रको ट्रेलर हेर्दा लभ स्टोरी कथामा दीपकले यसपटक पनि दर्शकको मन छुने बनाएको अनुमान लगाउन सकिन्छ । चलचित्रको ट्रेलर हेर्दा नयाँ कलाकारद्धय किरण र रक्षाको कामबाट सन्तुष्ट हुने ठाउँ प्रशस्त भेटिन्छ ।

शम्भुजित बास्कोटा, महेश खड्का, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, संकल भुजेलको डीओपी, परिच्छेद सेन र पुरुषोत्तम ढुंगेलको कथा, पटकथा तथा संवाद, भुपेन्द्र अधिकारीको सम्पादन छ । पौषको २७ गतेबाट रिलिज हुने यो चलचित्रले व्यापारिक रुपमा सफलता कायम गरेको खण्डमा सुस्ताएको लभ स्टोरी चलचित्रको बजार फेरि उठ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *