क्लेरियन्स ब्यान्डको ‘म उठ्छु’ गीतको भिडियोमा हट साक्षी

३ पुष २०८० १२:५८

‘म उठ्छु’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा तयार भएको यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ । यो गीतलाई क्लेरियन्स नेपाल नामक ब्यान्डले तयार पारेको हो ।

सार्वजनिक यो गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ । भिडियोमा साक्षी हट बनेकी छिन् ।

भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ ।

ब्यान्डमा चार जना सदस्यहरु छन् । प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *