रानी र बल बहादुरको ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक

३० मंसिर २०८० ११:४०

अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय गायिका हुन् रानी शाक्य । उनले, निरन्तर रुपमा गीतसंगीत बजारमा ल्याएर नेपाली गीतसंगीतलाई ठूलो गुन लगाएकी छिन् । उनै, रानीको स्वरमा समावेश नयाँ गीत ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक गरिएको छ । रानी शाक्यको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । यो गीतको कोरियोग्राफी तथा निर्देशक केशवराज भट्ट हुन् ।

यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् । भिडियोको लोकेशन आकर्षक छ ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *