‘मनसरा’मा दया र मिरुनाको जोडी, वैशाख २१ बाट रिलिज हुने

२९ मंसिर २०८० ७:१४

आउँदो बर्षको वैशाख २१ गतेबाट चलचित्र ‘मनसरा’ रिलिज हुने भएको छ । निर्माणपक्षले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । कबड्डी फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रविण खतिवडा मुख्य भूमिकामा छन् । चलचित्रलाई ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्दैछन् ।

यो चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको लगानी रहेनछ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रकै छायांकन, उपेन्द्र सुब्बको लेखन छ । यो चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्र ‘मनसरा’को कथावस्तुको बारेमा केही पनि बताइएको छैन ।

चलचित्र ‘मनसरा’ रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइला’ रिलिज भएको तीन सातापछि रिलिज हुनेछ । यसरीहेर्दा, वैशाख महिना रामबाबु र उपेन्द्रकै वरिपरी घुम्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *