दीपेन्द्रले घोषणा गरे ‘के घर के डेराः घर नम्बर २’

२९ मंसिर २०८० ७:०६

निर्देशक दीपेन्द्र के खनालले आफ्नो निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेराः घर नम्बर २’ निर्माणको घोषणा गरेका छन् । सामाजिक संजालबाट उनले आउँदो बर्षमा छायांकनमा जाने चलचित्रको घोषणा गरेका हुन् । यो चलचित्रको कथालाई बुद्धिसागरले लेखेका हुन् ।

चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । ए प्लस इन्टरटेन्मेन्टसँग नटराज क्रियशनले सहकार्य गर्दै यो चलचित्रको निर्माण गर्न लागेको हो ।
चलचित्र ‘के घर के डेराः घर नम्बर २’ले मनोरञ्जन मात्र नभएर गहन कथालाई बोल्ने निर्देशक खनालको भनाई छ ।

निर्देशक खनालले यो चलचित्रको छायांकन अगाडि २ वटा चलचित्रको छायांकन सक्नेछन् । उनले, तत्काल चलचित्र ‘मेयर’को छायांकन सुरु गर्नेछन् । यसपछि, उनले आफ्नै होम प्रोडक्शनको एक चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । दीपेन्द्रले आउँदो बर्ष चलचित्र ‘पशुपति प्रसाद ३’को पनि निर्देशन गर्दैछन् । यसरीहेर्दा, उनको हातमा ४ वटा चलचित्रको लाइनअप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *