‘दान्भी’को टिजरमा कुन्साङ र पुजाको दमदार एक्सन

२८ मंसिर २०८० ११:५८

नायिका पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर आज काठमाडौंको विश्वज्योती हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रको टिजरमा एक्सनलाई बढी समावेश गरिएको छ । पवन राना मगर कार्यकारी निर्माता रहेको यो चलचित्रका सह–निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् ।

चलचित्रमा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको संगीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।

यो चलचित्रको शिर्ष भूमिकामा नायिका पूजा शर्माले अभिनय गरेकी छिन् । चलचित्रमा पूजा शर्माको दमदार एक्सन अवतार छ । पूजाले चलचित्रका लागि गरेको एक्सनले दर्शकहरुलाई सरप्राइज नै दिएको छ । लामो समयपछि नेपाली चलचित्रमा नायिका केन्द्रित एक्सन चलचित्र तयार भएको छ । यो चलचित्रमा पूजाको साथमा नव–नायक कुन्साङ बोमजमको मुख्य भूमिका छ ।

जुना फिल्मस्को ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रमा नायक कुन्साङको भूमिकाले पनि दर्शकलाई सरप्राइज दिन्छ । चकलेटी अनुहारका कुन्साङले पनि आफ्नो डेब्यू चलचित्रमा उत्कृष्ट काम गरेको अड्कल टिजरबाट लगाउन सकिन्छ ।

यो चलचित्रको एक साताको छायांकन दार्जिलिङमा गर्ने तयारी समेत निर्माणपक्षले गरेको छ । चलचित्रको प्रदर्शन मिति केही समयमा नै तय गर्ने निर्देशक तामाङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *