किन चर्चामा छ स्वस्तिमाको समुन्द्री तटको तस्विर ?

२७ मंसिर २०८० १४:५८

नायिका स्वस्तिमा खड्का फिल्म ‘दिमाग खराब’को विशेष शोका लागि केही दिनदेखि अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा पुगेकी स्वस्तिमाको समुन्द्री तटमा खिचाएका तस्विरहरु नेपाली मिडियामा चर्चामा छन् ।

उसो त, स्वस्तिमाको समुन्द्री तटको तस्विर यसअघि पनि सार्वजनिक नभएका होइनन् । यसअघि पनि उनी विदेश जाँदा स्विमिङ पहिरनमा समुन्द्रमा रमाएकी थिइन् । यसपटक, पनि उनका सोही प्रकारका तस्विरहरु इन्टरनेटमा चर्चामा छन् ।

फिल्म ‘पशुपति प्रसाद २ र दिमाग खराब’ हिट भएपछि स्वस्तिमा मख्ख छिन् । उनी अष्ट्रेलियाबाट फर्किएपछि फेरि यही फिल्मको विशेष शोका लागि अमेरिका जानेछिन् । यसपछि, मात्र उनले नयाँ फिल्मको काम सुरु गर्नेछिन् ।

वुझिएअनुसार, स्वस्तिमाले फिल्म ‘एक्टर’मा काम गर्ने पक्का भएको छ । यो फिल्मको छायांकन सन् २०२४ मा सुरु हुनेछ । फिल्ममा प्रदीप खड्काको जोडीको रुपमा स्वस्तिमा देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *