आर्यन, प्रदीप र पलको तस्विरले दिएको सन्देश

२७ मंसिर २०८० १४:५१

निर्देशक दिनेश राउतले नेपाली फिल्म क्षेत्रका तीन चकलेटी नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई एउटै फिल्ममा काम गराउँदैछन् । यी तिन नायकहरुको एकसाथ फोटो सार्वजनिक भएको थिएन । यसकाकारण, यो फोटो सार्वजनिक भएसँगै यसले चर्चा पाइरहेको छ ।

नेपालमा विशेषगरि, चकलेटी नायकहरु एकसाथ फिल्म नै खेल्न मान्दैनन् भन्ने चर्चा धेरै हुने गरेको छ । घटनाक्रमलाई विश्लेषण गर्ने हो भने पनि त्यो देखिएको छ । यसैले, आर्यन, प्रदीप र पलले एकसाथ फिल्ममा काम गर्न तयार हुनुलाई सुखद रुपमा लिन सकिन्छ ।

यी तिनै नायकहरु एकसाथ काम गर्दा खुशी देखिएका छन् । सार्वजनिक तस्वीरमा उनीहरुको मुहारमा देखिएको मुस्कानले पनि यो कुराको पुष्टी गर्दछ ।

निर्देशक राउतले नायकहरुले एकसाथ काम नै गर्दैनन् भन्ने हल्ला धेरै भएकाले आफूहरुले एकताको कोशिश गरेको बताएका छन् ।

फिल्ममा यी तिन नायकहरुलाई कसरी प्रस्तुत गरिन्छ भन्ने केही पनि जानकारी गराइएको छैन । तर, यो फिल्म विशेष हुने कुरामा दुईमत छैन ।

विशेषगरि, प्रदीप र पल एउटै जेनेरेशनका नायक भएकाले पनि उनीहरु एकसाथ काम गर्न तयार हुनु आफैमा सुखद सन्देश हो । फिल्म क्षेत्रले यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ । अझ, फिल्म ‘पुजार सार्की’बाट यो अवसरलाई बिष्फोटक व्यापारमा बदल्ने अवसर दिनेश राउतको काँधमा आएको छ ।

साथै, आगामी दिनमा पनि अन्य प्रोजेक्टमा नायकहरुले एकसाथ काम गर्न सक्नुपर्छ भन्ने सन्देश तीन नायकहरुले दिएका छन् । ‘पुजार सार्की’ फिल्मको मेकिङ र व्यापारले पनि धेरै हदसम्म चकलेटी नायकहरुको समिकरण कसरी अगाडि बढ्छ भन्ने कुराको गोरेटो कोर्नेछ ।

हामीले हाम्रो युट्युब च्यानल हिट नेपालमा यो बिषयमा भिडियो पनि तयार पारेका छौं, तलको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *