प्रमोदको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

२६ मंसिर २०८० ६:५१

गायक प्रमोद खरेलको स्वरमा रहेको ‘घर नभाको मान्छे’ बोलको गीत दर्शकको प्रिय बनिरहेको छ । यो गीतको शब्द, संगीत र प्रमोदको स्वरले दर्शकको मन जितिरहेको छ । यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीतमा प्रमोद र रीता केसीको स्वर छ । गीतका शब्दले श्रोताको मन छुने देखिन्छ ।

यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतिले पर्दा शेयर गरेका छन् । उषासँगको प्रेममा आएको उतारचढाव भएपछि विरक्तलाग्दो जिन्दगीमा राजु गीत गाउँदै हिडेको भिडियोमा देखाइएको छ ।

महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराइले यो भिडियोको निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *