‘डेसान’ निर्देशकले घोषणा गरे ‘आलिङ्गन’

२३ मंसिर २०८० १२:३६

निर्देशक कमल एक्चै मगरको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘आलिङ्गन’को निर्माण घोषणा गरिएको छ । उनै, कमलले निर्देशन गरेको चलचित्र ‘डेसान’ गतबर्ष रिलिज भएको थियो । मगरले चलचित्र ‘शिरफूल’ मार्फत चलचित्र निर्देशनमा पाइला चालेका थिए । सामाजिक प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई मगरले नै लेखेका हुन् ।

यो चलचित्रको पटकथा तथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले लेखेका हुन् । कृशला मगर कार्यकारी निर्माता रहेको यो चलचित्रमा चक्र बहादुरम महर्जनको छायांकन रहनेछ । परफर्मिंग आर्ट क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कलाकार तथा प्राविधिकहरुको घोषणा केही समयपछि गर्ने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *