‘ऐरी र पुजार सार्की’पछि प्रदीपले साइन गरे ‘एक्टर’

२३ मंसिर २०८० १२:३०

नायक प्रदीप खड्का एकपछि अर्को चलचित्र साइन गरिरहेका छन् । उनले चलचित्र ‘ऐरी र पुजार सार्की’मा काम गर्ने पक्का भैसकेको छ ।

उनै, प्रदीपले आज नयाँ चलचित्र पनि साइन गरेका छन् । यो चलचित्रको नाम ‘एक्टर’ हो । चलचित्रको कथावस्तु केही पनि खुलाइएको छैन । चलचित्रलाई थमन कुमार भण्डारीले निर्माण गर्दैछन् भने राजन भुषालले निर्देशन गर्दैछन् ।

चलचित्रका अन्य कलाकारको बारेमा केही पनि बताइएको छैन । यो चलचित्रको छायांकन आउँदो बर्षको सुरुवातमा हुनेछ । चलचित्रलाई सन् २०२५ मा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो चलचित्रलाई लिएर प्रदीप खड्का पनि निकै उत्साहित देखिएका छन् । एक बर्ष चलचित्र नै साइन नगरी बसेका प्रदीप अब धमाधम काम गर्दै दर्शकमाझ आउने तयारीका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *