‘पुजार सार्की’मा भित्रिए पल शाह

२३ मंसिर २०८० १२:२४

नायक पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा सुभाष भुसालको लगानी रहनेछ । चलचित्रमा नायकद्धय प्रदीप खड्का र आर्यन सिग्देल अनुवन्धित भैसकेका छन् । योसँगै दिनेशको यो चलचित्रमा २ जेनेरेशनका ३ चकलेटी हिरोहरु अनुवन्धित भएका छन् । कलाकारको हिसाबले यो चलचित्र शक्तिशाली देखिएको छ ।

चलचित्रमा नायिका भने अहिलेसम्म कोही पनि अनुवन्धित गरिएको छैन । यो चलचित्रले जातिय विभेद विरुद्धको कथा भन्नेछ ।

यसअघि पनि आर्यन, प्रदीप र पलले एकसाथ चलचित्रमा काम गर्ने खबर सार्वजनिक भएको थियो । तर, यसपटक भने दिनेशले हल्लालाई वास्तविकतामा बदलेका छन् ।

पलले हालै मात्र चलचित्र ‘मायाबी’को छायांकन सकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *