‘दुई कदम’को ट्रेलरः इओन र सिमोनको प्रेममा गौरव भिलेन

२० मंसिर २०८० ७:१३

मंसिरको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उदय सुब्बा निर्देशित चलचित्रको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा मुख्य कलाकारद्धय इओन लिम्बु र सिमोन गिरीबिचको प्रेमलाई देखाइएको छ । साथमा, उनीहरुको प्रेममा भिलेन बनेका गौरव पहारी, सुनिल थापालाई चलचित्रमा देख्न सकिन्छ ।

तारादेवी लिम्बुको लगानीमा तयार भएको यो चलचित्रमा विक्रम डीसीको छायांकन, दयाराम घिमिरेको कथा, पटकथा, प्रविण दाहालको सम्पादन, राजु किरातीको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा प्रेमसँगै लिम्बु संकृतीलाई पनि महत्व दिइएको छ । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *