‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन

१९ मंसिर २०८० १०:३२

लभ स्टोरी चलचित्रमा काम गरिरहेकी नायिका पूजा शर्माले आफूलाई नयाँ अवतारमा ढालेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘दान्भी’को फस्टलुकमा उनको परिवर्तित शैली स्पष्ट रुपमा देख्न सकिन्छ ।

यो चलचित्रको फस्टलुकमा नायिका शर्माले मेसिनगन बोकेकी छिन् । निर्माणपक्षले यो चलचित्रको लागि मेसिनगन भारतबाट मगाएको थियो । बलिउड चलचित्रमा यस्ता मेसिनहरु देखिएपनि नेपाली चलचित्रमा भने प्रयोग भएको थिएन ।

पूजाको यो अवतारले दर्शकमा तरंग पैदा गर्ने निश्चित छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् ।

चलचित्रमा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको चलचित्रका प्रोडक्शन हेड नेत्र बिष्ट हुन् ।

सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली चलचित्र क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो चलचित्रको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् ।
चलचित्रको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रको प्रदर्शन मिति टिजरमै सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *