‘हात्तीछाप’को टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा रुप

१७ मंसिर २०८० १२:०२

माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को टिजर आज रिलिज भएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बिजय बराल, वुद्दि तामाङ, सुष्मा निरौला लगायतलाई देखाइएको छ । सार्वजनिक टिजरमा राजनीतिक परिवेश, दया र उपासनाको माया, सौगातको राजा रुपलाई देखाइएको छ । चलचित्रमा भरपुर कमेडी रहेको टिजरबाट पनि प्रष्ट हुन्छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय हेर्न पाइनेछ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।

रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।

यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *