विराजले घोषणा गरे ‘१२ गाउँ’

१४ मंसिर २०८० ४:३९

नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार नायक विराज भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । विराजले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘१२ गाउँ’ राखिएको छ ।यो चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ । श्रोतका अनुसार, चलचित्रलाई एक्सनप्रधान बनाउने तयारी विराजको छ ।

चलचित्रको कथावस्तु के हो खुलाइएको छैन । तर, चलचित्रमा विराजले नै मुख्य भूमिकामा अभिनय गर्नेछन् । चलचित्रका लागि अन्य कलाकारहरुको खोजी अडिसनबाट गर्ने तयारी विराजको छ ।

चलचित्र ‘१२ गाउँ’ अगाडि विराजले ‘साङ्लो’ नामक चलचित्र निर्देशन गरेका थिए । यो चलचित्रले बक्स अफिसमा औषत कमाई गरेको थियो । यसपछि, केही बर्ष मौन रहँदै विराजले नयाँ चलचित्रको तयारी गरिरहेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा विराजको नाम, दमदार एक्सन गर्ने नायकको रुपमा परिचित छ । उनका फ्यानहरु पनि उनलाई एक्सन अवतारमा नै देख्न चाहन्छन् । विराजले सन्तोष सेनले निर्देशन गर्न लागेको चलचित्र ‘बलिदान’मा काम गर्नुपर्छ भन्ने माग पनि दर्शकहरुले गरेका थिए । तर, विराज भने आफै चलचित्र निर्देशन र अभिनयमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *