दयालाई लिएर दीपेन्द्रले गरे ‘दुःखी’ आत्मा’ निर्देशनको घोषणा

१३ मंसिर २०८० ९:२५

निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि दीपेन्द्रले निर्माता हिमाल कडरियासँग मिलेर चलचित्र ‘दुःखी आत्मा’ बनाउने घोषणा गरेका हुन् ।

यो चलचित्रले समाज भित्र विभिन्न परिवेश बाँचिरहेका मानिसहरुको कथालाई कमेडी नजरबाट भन्नेछ ।

यो चलचित्रमा नायक दयाहाङ राइले काम गर्ने पक्का भएको छ । अन्य कलाकार र प्राविधिकहरुको चयन विस्तारै गर्ने निर्माणपक्षले बताएको छ । क्लब क्रियसन्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई काठमाडौंमा खिचिनेछ ।
निर्देशक लामाले सामाजिक परिवेशकै कथालाई पर्दामा उतार्ने गरेका छन् । उनले निर्देशन गरेका अधिकांश चलचित्र सफल पनि भएका छन् ।

दीपेन्द्र र हिमालले चलचित्र ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा पनि गरिसकेका छन् ।

दयासँग दीपेन्द्रले सहकार्य गर्न लागेको यो चौथो चलचित्र हो । यसअघि उनले ‘घामपानी, २ नम्बरी र नांगो गाउँ’मा दयासँग सहकार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *