प्रदीप खड्काको हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

१२ मंसिर २०८० ९:२३

नायक प्रदीप खड्काले काम गर्न लागेको हिन्दी चलचित्र ‘ऐरी’को निर्माण घोषणा गरिएको छ । चलचित्रको मोसन पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रको तयारीका लागि प्रदीप केही समयदेखि भारतमा नै छन् ।

यो चलचित्रमा प्रदीपलाई घातक शिकारको रुपमा प्रस्तुत गर्न लागिएको हो । यो चलचित्रमा सुभाष काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता कमल बहादुर आले हुन् । यो चलचित्रलाई जीवन थापाले निर्देशन गर्ने पक्का भएको छ ।

यो चलचित्रलाई सन् २०२४ मा रिलिज गर्ने तयारी समेत गरिएको छ । बीग बजेटमा निर्माण हुने भनिएको यो चलचित्रलाई भारतका विभिन्न भाषामा निर्माण गरिने बताइएको छ ।

यो चलचित्रमा प्रदीपको जोडीको रुपमा को देखिनेछिन्, सार्वजनिक गरिएको छैन । तर, ‘प्रेमगीत ३’बाट भारतीय चलचित्र निर्माताहरुसँग नजिक भएका प्रदीपले अब बलिउडको यात्रा तय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *