‘दुई कदम’को ‘ए मेरा बाबै नी’मा जम्यो वर्षा र इओनको जोडी

१२ मंसिर २०८० ९:१५

मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई कदम’को नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘ए मेरा बाबै नी’ बोलको गीतमा नायिका वर्षा सिवाकोटी र डेव्यु कलाकार इओन लिम्बुलाई फिचर्ड गरिएको छ ।
वर्षाले चलचित्रको यही गीतमा मात्र नृत्य गरेकी हुन् ।

सार्वजनिक गीतमा उनको केमेष्ट्री डेव्यु कलाकार लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । यो गीतमा आशिष अविरलको संगीत तथा स्वर, निरुषा भट्टराईको शब्द र स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् । गीतको अडियोले दर्शकको मन जित्न सक्छ ।

उदय सुब्बा निर्देशित चलचित्रमा वर्षा र इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *