‘तेल भिसा’मा विपिनको जोडी वर्षा

१२ मंसिर २०८० ८:५६

नायिका वर्षा राउतले चलचित्र ‘तेल भिसा’ साइन गरेकी छिन् । योसँगै चलचित्रमा उनले नायक विपिन कार्कीसँग जोडी बाँध्ने पक्का भएको छ । विपिन र वर्षाले योसँगै छैटौं चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

शंकर घिमिरेको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा गौरी मल्ल, ऋचा घिमिरे र वुद्दि तामाङ पनि फाइनल भैसकेका छन् । योसँगै चलचित्रमा कलाकारको लाइनअप पुरा भएको छ । यो चलचित्रलाई भदौको २८ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । आउँदो बर्षको तीजको अवसर पारेर भदौको अन्तिम साता चलचित्र रिलिज हुने पक्का भएको हो । चलचित्रको छायांकन चैत्रको दोश्रो साताबाट सुरु हुनेछ ।

यो चलचित्रमा विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाँई निर्माताको रुपमा छन् ।

सेभेन सिज इन्टरटेन्मेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माणमा तयार हुने यो चलचित्रको छायांकन चैत्र महिनाको दोश्रो साताबाट सुरु हुनेछ । यो चलचित्रले डायस्पोरामा जाने नेपालीहरुको कथालाई प्रस्तुत गर्नेछ । सुशन प्रजापतिको छायांकन रहने चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *