‘दिमाग खराब’को कमाई ७ करोड ग्रस

८ मंसिर २०८० ७:२०

निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ले दुई सातामा ७ करोड ग्रस कलेक्शन गरेको छ । कार्तिक २४ गतेबाट रिलिजमा आएको चलचित्रले दोश्रो साताको बिहिबारसम्म ७ करोड ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले उपलब्ध गराएको छ । यो चलचित्रले पहिलो सातामा ४ करोड ग्रस कलेक्शन गरेको थियो ।

चलचित्र आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रलाई हेर्न दर्शकको चाप कम भएको छैन । यसैले, चलचित्रले यो साता पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

राजनीतिक कथावस्तुलाई बर्तमान समयको अवस्थासँग चित्रित गर्दै निश्चलले यो चलचित्र निर्देशन गरेका थिए ।

चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई ४ करोड लगानीमा रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *