दिनेश र विकासले घोषणा गरे ‘पूजार सार्की’

८ मंसिर २०८० ७:०७

निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीको सहकार्यमा नयाँ चलचित्र ‘पूजार सार्की’ बन्ने भएको छ । सुभाष भुषालको लगानी रहने यो चलचित्रले जातिय विभेद विरुद्धको कथा भन्नेछ ।

दिनेश र विकासले यसअघि चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । यो चलचित्रको छायांकन माघ महिनाकाट पोखराको कास्किकोटमा सुरु हुनेछ । चलचित्रका लागि कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।

यो चलचित्रले कम्यूनिष्ट आन्दोलनमा हिडेको एक यूवाले जातिय संघर्षका लागि थर बदलेको कथा प्रस्तुत गरिने लेखक विकास सुवेदीले जानकारी दिए ।

यस्तै, यो चलचित्र कुनै पनि व्यक्तिको बायोपिक नभएको निर्देशक राउतको भनाई छ । तर, कसैको जीवनसँग प्रभावित भएर कथा कोरिएको राउतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *