निर्माता र चलचित्र संघबिच ६ बुँदे सहमती, निर्माताले ५० प्रतिशत शेयर पाउने

७ मंसिर २०८० १२:३८

नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबिच ६ बुँदे सहमती भएको छ । ६ बुँदे सहमतीमा निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका अध्यक्ष विरेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
२ दिनदेखि चलेको वार्ता आज सहमतीमा टुंगिएको हो ।

सहमतीपछि भनिएको छ–‘६ बुँदे संझौता स्वेदशी चलचित्र उद्योगका लागि कोशेढुंगा सावित हुने कुरामा हामी विश्वस्त हुँदै चलचित्र प्रदर्शक र चलचित्र निर्माता बीचका व्यवसायिक असझदारी सदाको लागि अन्त्य हुने कुरामा दुबै संघ प्रतिबद्ध रहेको छ ।’

दुबै संघले ६ बुँदामा सहमती गरे पनि सहमती के–केमा भयो भन्ने खुलाएका छैनन् । दुबै संघबाट कार्यदल बनाएर ६ बुँदे सहमती सार्वजनिक गर्ने उनीहरुको तयारी छ ।

तर, लामो समयदेखि निर्माताहरुले उठाउँदै आएको शेयर बाँडफाँडको बिषयले भने किनारा पाएको छ । अब, चलचित्र भवनमा जति हप्ता नेपाली चलचित्र चलेपनि निर्माताले ५० प्रतिशत नै शेयर पाउनेछन् । यसअघि रिलिजको दुई साता ५० प्रतिशत र त्यसपछि निर्माताले पाउने शेयर रकम घट्दै जाने अवस्था थियो । निर्माताहरुले यो बिषयलाई मुख्य रुपमा उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *