‘दुई कदम’को ‘ए मेरा बाबै’ गीतमा वर्षा सिवाकोटीको डान्स

५ मंसिर २०८० १२:३५

चलचित्र ‘दुई कदम’को नयाँ गीतको छायांकन ठमेलको एक क्लबमा गरिएको छ ।‘ए मेरा बाबै नी’ बोलको गीतको छायांकन ठमेलमा गरिएको हो । यो चलचित्र मंसिरको २९ गतेबाट रिलिजमा आउँदैछ । यो गीतमा आशिष अविरल र निरुषा भट्टराइको स्वर, आशिषको संगीत, निरुषाको शब्द छ ।

गीतको भिडियोमा नायिका वर्षा सिवाकोटीले कम्मर मर्काएकी छिन् । वर्षालाई यही एउटा गीतको भिडियोमा मात्र चलचित्रमा हेर्न सकिनेछ । उनीसँगै चलचित्रका मुख्य कलाकार इओन लिम्बुले कम्मर मर्काएका छन् ।

कविराज गहतराजको कोरियोग्राफीमा छायांकन भैरहेको गीतको भिडियोलाई सौरभ लामाले खिचिरहेका छन् ।

उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा इओनको साथमा सुनिल थापा, कविता आले, गौरव पहारी, सुरवीर पण्डित, प्रेम सुब्बा, वुद्दि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई तारादेवी लिम्बुले लगानी गरेकी हुन् । चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा, विक्रम डीसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको एक्सन, रामजी लामिछाने र प्रविन ढकालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *