‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ गीत रिलिज

४ मंसिर २०८० ९:०८

चलचित्र ‘दुई कदम’को दोश्रो गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । लोकलयको यो गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, इओन लिम्बु, सिमोन गिरीले नृत्य गरेका छन् । साथमा, चलचित्रमा अतिथीको कलाकारको रुपमा देखिएका विल्सन विक्रम राई र गीता ढुंगानाको नृत्य पनि भिडियोमा हेर्न सकिन्छ ।

उदय सुब्बाको निर्देशनमा तयार भएको यो चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ ।

चलचित्रको एक गीतको छायांकन मुस्ताङमा गरिएको हो । साथमा, चलचित्रलाई धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *