दोश्रो सातामा पनि ‘दिमाग खराब’को बिष्फोटक व्यापार कायमै

२ मंसिर २०८० १०:३२

शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको चलचित्र ‘दिमाग खराब’ले बिष्फोटक व्यापारलाई कायमै राखेको छ । हलमा दर्शकको अकुपेन्सी उच्च छ ।

शुक्रबारबाट चलचित्रका शोजहरुमा समेत वृद्धि भएको छ । बलिउड चलचित्र ‘टाइगर ३’को खराब प्रतिक्रियाका कारण यो चलचित्रले आफूले गुमाएका शोजहरु फिर्ता ल्याइरहेको छ ।

आज शनिबार बिहानैबाट देशभरका हलमा आक्रामक अकुपेन्सी देखिन्छ । चलचित्रले देशभरका हलमा पाएको शोजमा हाउसफूलको व्यापार गरिरहेको छ ।

दर्शकको उच्च साथ पाएपछि यो चलचित्रका निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का चितवन र पोखराको यात्रामा निस्किएका छन् ।

दर्शकको बलियो वर्ड अफ माउथका कारण चलचित्रको व्यापार आक्रामक बनिरहेको हो । रिलिज अगाडि यो चलचित्रको हाइप कमजोर थियो । तर, चलचित्रको प्रिमियर पश्चात आएको प्रतिक्रिया र दर्शकले हेरेपछि दिएको प्रतिक्रियाले दर्शकको उपस्थिती बढाएको हो ।

रौनक विक्रम कँडेलको निर्माणमा तयार भएको यो चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बराल, रमा थपलिया, सुमन कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्रले पहिलो सातामा ४ करोड बराबरको ग्रस कलेक्शन गरेको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *