‘रेड अन’को टिजर रिलिज

२ मंसिर २०८० १०:२३

ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित यो चलचित्रको टिजरलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।

निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा देखाइएको जानकारी दिए ।

विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको चलचित्रमा सुजन विश्वकर्माको छायांकन छ ।

यो चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *