‘बलिदान’को केन्द्रिय भूमिकामा सौगात मल्ल

२ मंसिर २०८० १०:१६

निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ चलचित्र ‘बलिदान’को केन्द्रिय भूमिकामा नायक सौगात मल्ललाई खेलाउने तयारी गरेका छन् । यसका लागि सौगात मल्लसँग विभिन्न चरणमा कुराकानी भैसकेको छ । तर, दुबै पक्षले कागजी संझौता भने गरेका छैनन् ।

निर्माता तथा निर्देशक सेनका अनुसार, केही कुरा मिलाउन बाँकी रहेकाले कागजी संझौता भने नभएको हो ।

यो चलचित्रमा खलपात्रको रुपमा अर्पण थापालाई फाइनल गरिसकिएको छ । तहार र पहाडको कथामा निर्माण हुन लागेको यो चलचित्रलाई ठूलो क्यानभासमा खिच्ने तयारी सन्तोषको छ । यसका लागि उनले तयारी पनि तिब्र रुपमा अगाडि बढाइरहेका छन् ।

यो चलचित्रलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने पक्का गरिएको छ । चलचित्रका लागि अझै एक जना नायक आवश्यक पर्ने बताइएको छ । निर्माणपक्षले कलाकारको छनोट प्रतिक्रियालाई तिव्र रुपमा अगाडि बढाइरहेको छ । यो चलचित्रका प्रि टिजर पनि सार्वजनिक भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *