मंगलबारसम्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, फेरि वार्तामा बस्ने सहमती

३० कार्तिक २०८० ११:३४

नेपाल चलचित्र संघ र चलचित्र ‘दिमाग खराब’का निर्माताबिच आज भएको बार्ता सहमती नजिक पुगेको छ । यसैले, आगामी मंसिर ५ गते फेरि अर्को बार्ता गर्ने सहमती गर्दै मंगलबारसम्म चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोक्ने सहमती भएको छ ।

चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘बिहिबार दिन दिमाग खराबका निर्माताहरु र नेपाल चलचित्र संघको कार्य समितिबिचको छलफल सकारात्मक भएकाले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरुमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार पूर्ववत् रुपमा चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो ।’

चलचित्रका निर्माता र चलचित्र संघबिच फेरि मंसिर ५ गते अर्को बैठक हुनेछ । तर, तत्काललाई भोलीबाट हलबाट ‘दिमाग खराब’को प्रदर्शन हटाउने निर्णयबाट निर्माता पछि सरेका छन् । अब, मंसिर ५ गते हुने अर्को वार्ताले बाँकी निर्णय गर्नेछ ।

चलचित्रका निर्माता रौनिक बिक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले आफूहरुको चलचित्रले विदेशी चलचित्रसरह शो नपाएको खण्डमा र चलचित्र रिलिजको पूर्ण अवधीभरको शेयर ५०–५० प्रतिशत नभएको खण्डमा भोलीबाट हलबाट चलचित्र उतार्ने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *