रानी र बिजयको ‘लाउँदैन र माया’ रिलिज

२५ कार्तिक २०८० ८:२१

अमेरिकामा रहेर निरन्तर गायन क्षेत्रमा सक्रिय छिन् रानी शाक्य । उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । यसैबिच, उनै गायिका शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द, अधिकारीकै संगीत छ ।

यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ । फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ ।

फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर