हलमा लाग्यो ‘दिमाग खराब जिन्दाबाद’को नारा, दर्शकले भने–‘उत्कृष्ट फिल्म’(भिडियोसहित)

२५ कार्तिक २०८० ६:३६

कार्तिक २४ गते अर्थात हिजोबाट रिलिजमा आएको नेपाली चलचित्र ‘दिमाग खराब’ आज शनिबार बिहानैबाट दर्शकको उच्च साथ पाइरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको चलचित्रले आज बिहानैबाट भने दर्शकको राम्रो साथ पाएको छ ।

आज बिहान ललितपुरको लाबिम मलमा चलचित्रको बारेमा दर्शक प्रतिक्रिया लिन पुगेका निर्देशक निश्चल बस्नेत, कलाकारहरु खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की उत्साहित देखिए ।

चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तुलाई उत्कृष्ट भनेका छन् । दर्शकले चलचित्रले उठाएको बिषयवस्तु बेजोड भएको भन्दै हलमै ‘दिमाग खराब जिन्दाबाद’को नारा लगाएका थिए ।

चलचित्रको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको निर्देशन बेजोड रहेको दर्शक प्रतिक्रिया दिए । विशेषगरि, यो चलचित्र आम मानिसदेखि राजनीतिक दलका नेताहरु सबैले हेर्नुपर्ने उनीहरुको भनाई थियो ।

चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएपछि यसको टिम उत्साहित छ । तिहारको ५ दिनको बिदा सुरु भएकाले पनि यो बिदामा चलचित्रले दर्शकको बम्पर साथ पाउने अपेक्षा गर्न सकिन्छ । भोलीबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘टाइगर ३’सँग यसले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

चलचित्रका नायक खगेन्द्रले भने–‘हामीले आफ्नै सामाग्रीलाई प्रोत्साहन गर्नुपर्छ । आफ्नो चाडमा अरुको चलचित्र किन हेर्ने ? आफ्नो सामाग्रीलाई प्रोत्साहन गरे मात्र भोलीका दिनमा अझै सशक्त चलचित्र बन्ने छ ।’

विशेषगरि, देशमा नेताहरुको चरम भ्रष्ट्राचारका कारण आम नागरिकले हैरानी व्यहोर्नु परेपछि नागरिकले कसरी परिवर्तनका लागि आवाज उठाउँछ र कदम चाल्छ भन्ने कथालाई चलचित्रले उठान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *