‘पर्खी बसेँ तिमीलाई’ पौष २७ बाट रिलिज हुने, ‘कालो चश्मा’ बोलको गीत सार्वजनिक

२४ कार्तिक २०८० १६:०२

चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को निर्माण भएको छ । चलचित्रको पहिलो गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्र पौषको २७ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । दीपकले नै निर्देशन गरेको चलचित्र ‘पर्खी बसे’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

विशुद्ध प्रेम कथामा निर्माण भएको चलचित्रको पहिलो गीत स्वरुप चलचित्र ‘बादपारी’मा समावेश ‘कालो चश्मा लाउ हैं माया’लाई रिमेक गरिएको छ । यो गीतको भिडियोमा चलचित्रका कलाकारहरु किरण श्रेष्ठ र रक्षा बुढाथोकीले नृत्य गरेका छन् । यी दुबै कलाकारको यो चलचित्र डेब्यू हो । गीतको रीमेक भर्सनमा गायक प्रमोद खरेल र गायिका मिलन नेवारको स्वर छ । रीमेकमा पनि सुरेन्द्र राणाकै शब्द र शम्भुजित बास्कोटाको संगीत छ ।

पाटन र भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको गीतको भिडियोमा निशा रसाइलीको नृत्य निर्देशन छ ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स् (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *