‘चित्रा’को गीतमा सन्तोष र शुभेच्छाको तानातान

२१ कार्तिक २०८० ११:१८

सन्तोष अधिकारी फिल्मस्ले असाप इन्टरटेन्मेन्ट अष्ट्रेलिया नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्र ‘चित्रा’ पौष २७ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै यसको पहिलो गीत पनि सार्वजनिक गरिएको छ । ‘नजरैको हानाहान’ बोलको गीत आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो । यो गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्रको यो गीतमा मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्काले रोमान्स गरेका छन् । चलचित्रमा यी दुई कलाकारको अलवा अर्पण थापा, मेनुका प्रधान, प्रमोद अग्रहरि, सिम्रन खड्का, प्रकाश घिमिरे, आयुषीको अभिनय छ । चलचित्रले बाबु र छोरीको कथालाई पर्दामा प्रस्तुत गर्नेछ ।

आशिष थापा मगरको लगानीमा तयार भएको चलचित्रमा प्रविण सिंहको कोरियोेग्राफी, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको डीओपी, बनिष शाह र सन्देश शाहको सम्पादन, अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *