‘दिमाग खराब’लाई उच्च शो, बिष्फोटक व्यापार गर्ने अवसर

२१ कार्तिक २०८० ११:०९

निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’लाई देशभरका मल्टिप्लेक्सहरुले उच्च शोज उपलब्ध गराएका छन् । क्यूएफएक्स चेनले देशभरका हलमा यो चलचित्रलाई ५८ शोज उपलब्ध गराएको छ ।

शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्रलाई वान सिनेमाज्ले नयाँ बाँनेश्वर र कालिमाटीमा गरेर १० शोज उपलब्ध गराएको छ । यस्तै, यो चलचित्रलाई आइएनआई नयाँ बाँनेश्वरमा ५ शो मिलेको छ । चलचित्रलाई बीग मुभिजले पनि ५ शोज दिएको छ । यस्तै, यो चलचित्रलाई एफक्यूब सिनेमाले ६ शोज उपलब्ध गराएको छ । देशका मुख्य मल्टिप्लेक्समा नै उच्च शोज पाएको चलचित्रलाई बिष्फोटक व्यापार गर्ने अवसर श्रृजना भएको छ ।

आइतबारदेखि हिन्दी चलचित्र ‘टाइगर ३’ रिलिज हुने भएकाले चलचित्रको शोजमा केही कटौती हुने निश्चित छ । तर, इनिसियल ओपनिङ भने बिष्फोटक गर्ने अवसर चलचित्रलाई छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, अर्पण थापा, दयाहाङ राई, स्वस्तिमा खड्का, बिजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले सत्ता र जनताबिचको कथा भन्छ । निर्देशक बस्नेतले यो चलचित्रलाई राजनीतिक चलचित्र नभन्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *