‘उपहार’को गीतमा रेखा, पूजा र बेनिशाको ‘वाह..वाह..वाह

१७ कार्तिक २०८० १२:५७

फागूणको २५ गतेलाई प्रदर्शन मिति तय गर्दै नायिका रेखा थापाको प्रस्तुतिमा तयार भएको चलचित्र ‘उपहार’को पहिलो गीत ‘वाह..वाह..वाह’ सार्वजनिक गरिएको छ ।

आज सार्वजनिक गरिएको गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर, बाबुल गिरीको संगीत, शंकर अधिकारी ‘घायल’को शब्द छ । सार्वजनिक गीतलाई रोमान्टिक तथा डान्सिङ शैलीमा तयार पारिएको छ ।

यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको भिडियोमा फिल्मका मुख्य कलाकारहरु रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की लगायतका कलाकारको अभिनय छ ।

गीतले दर्शकको साथ पाउने विश्वास गरिएको छ । नायिका तथा निर्मात्री रेखा थापाले आफूले काम गरेका फिल्ममध्ये अहिलेसम्मकै उत्कृष्ट फिल्मको रुपमा ‘उपहार’लाई चित्रित गरेकी छिन् । निर्माणपक्षले तिहारलाई लक्षित गरेर यो गीत सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *