माघ २६ मा रिलिज हुने भयो दया र दियाको ‘दयारानी’

१४ कार्तिक २०८० ५:३६

निर्देशक तथा लेखक माओत्से गुरुङको नयाँ चलचित्र ‘दयारानी’को प्रदर्शन मिति माघको २६ गतेलाई तोकिएको छ । पहिलो सातामा पर्ने जनयुद्ध दिवसको सार्वजनिक बिदाको फाइदा उठाउन यो चलचित्रको प्रदर्शन मिति माघको २६ गतेलाई तोकिएको हो ।

यो चलचित्रको पोष्टर सार्वजनिक भएको एक बर्ष बढी भैसकेको छ । निर्माणपक्षले यस अगाडि पनि प्रदर्शन मिति तय गरेपनि निर्धारित समयमा चलचित्र रिलिज हुन सकेको थिएन । अब भने माघको २६ गते प्रदर्शन मिति तय गर्दै चलचित्र रिलिज हुने पक्का गरिएको हो ।

यो चलचित्रमा नायक दयाहाङ राई र नायिका दिया पुनको मुख्य भूमिका छ । चलचित्रको कथासार भने सार्वजनिक गरिएको छैन । तर, निर्माणपक्षले प्रदर्शन मिति पक्का गर्दै प्रचार आरम्भ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *