दशैं फाप्यो, तिहारमा ‘दिमाग खराब’को आशा

१३ कार्तिक २०८० १३:४९

यो बर्षको दशैंमा रिलिजमा आएका २ नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन र परदेशी २’ले बक्स अफिसमा सुखद कमाई गरे । दुबै चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दा नेपाली चलचित्र क्षेत्रले राहतको श्वास फेर्यो । दुबै चलचित्रको व्यापारले निर्मातालाई समेत खुशी दिएको छ ।

अब, ३ हप्ताको अन्तरालपछि अर्को नेपाली चलचित्र ‘दिमाग खराब’ रिलिजमा आउँदैछ । दशैंलाई दुई चलचित्रले सुखद बनाउँदा तिहारलाई निश्चल बस्नेतको ‘दिमाग खराब’ले गज्जब बनाउँछ भन्ने आशा धेरैको छ ।

निश्चल बस्नेतले सात बर्षको अन्तरालपछि निर्देशन गरेको यो चलचित्रले सत्ता र जनताको कथा भन्छ । सत्ताबाट पीडित बनेका जनताको कसरी दिमाग खराब हुन्छ र उनीहरुले कसरी बदला लिन्छन् भन्ने कथालाई चलचित्रले प्रस्तुत गरेको छ ।

खगेन्द्र लामिछाने, अर्पण थापा, दयाहाङ राई, स्वस्तिमा खड्का, सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रबाट दर्शकले पनि ठूलो आशा गरेका छन् ।

तिहारमा बलिउडको ठूलो चलचित्र ‘टाइगर ३’ पनि छ । तर, यसले नेपाली चलचित्रलाई ठूलो असर नगर्ने विश्लेषण समेत बजारमा हुने गरेको छ । निश्चलको यो चलचित्रलाई पर्खिने दर्शकको संख्या पनि ठूलो रहेको, तिहारको बिदामा चलचित्र रिलिज हुन लागेको आदि कारणले पनि यसले फाइदा बटुल्न सक्छ । दशैं सुखद भएको नेपाली चलचित्रका लागि तिहार पनि सुखद बन्यो भने सुनमा सुगन्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *