‘पशुपति प्रसाद २’को बिष्फोटक व्यापार कायमै

८ कार्तिक २०८० ७:०५

शनिबारबाट रिलिजमा आएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापार आक्रामक छ । चलचित्रले पहिलो दिन २ करोड ४० लाखको ग्रस कलेक्शन गरेको थियो । यसपछि, यो चलचित्रको व्यापारिक आँकडा सार्वजनिक भएको छैन ।

तर, रिलिजको पाँचौ दिनसम्म आइपुग्दा पनि यसको बिष्फोटक व्यापार कायमै छ ।

आज पनि देशभरका अधिकांश हलमा बिहानैदेखि दर्शकको चाप उच्च छ । मध्यान्न, दिवा र बेलुकीका शोजहरुमा दर्शक भरिभराउ छन् । दर्शकको उच्च अकुपेन्सीका कारण पनि यो चलचित्रले आज फेरि बिष्फोटक व्यापार गर्ने देखिएको छ ।

मंगलबार दशैंको टिकाको दिनमा पनि यो चलचित्रले उच्च व्यापार गरेको छ । चलचित्रले मंगलबार मध्यान्न १२ बजेबाट शोज पाएको थियो । यसपछि, हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।

दशैंको बिदा अझै ४ दिन रहेकाले पनि चलचित्रको व्यापार आक्रामक हुने देखिन्छ । विशेषगरि, दर्शकको वर्ड अफ माउथ र समीक्षकको प्रतिक्रिया सुखद रहेकाले पनि व्यापारिक रफ्तार बिष्फोटक नै देखिएको हो ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रलाई खगेन्द्र लामिछानेको कथा तथा निर्माण छ । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बनियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले रिलिजको आठौ दिन अर्थात शनिबारसम्म १० करोड माथिको ग्रस कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *