‘पशुपति प्रसाद २ः भष्मे डन’को बिष्फोटक ओपनिङ

५ कार्तिक २०८० ७:५९

शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक सुरुवात गरेको छ ।

यो फिल्मले टुकी आर्टस् र निर्माता खगेन्द्र लामिछानेलाई मालामाल बनाउने पक्का भएको छ । फिल्मले ओभरसिजबाट राम्रो रकम कमाइसकेको छ । यस्तै, फिल्मको डिजिटल अधिकारी पनि राम्रो रकममा बिक्री भएको वुझिएको छ ।

अब, नेपाली बक्स अफिसमा पनि चलचित्रले बिष्फोटक सुरुवात गरेको छ । चलचित्रले शनिबार मात्र बक्स अफिसमा २ करोड ४० लाखको बिष्फोटक सुरुवात गरेको हो । चलचित्रले २ करोड ४० लाखको ग्रस कलेक्शन गर्दै दशैंको बिदाको भरपुर सदुपयोग गर्ने छनक दिएको छ ।

चलचित्रको व्यापार आज आइतबार पनि आक्रामक छ । देशभरका हलमा दर्शकको अकुपेन्सी उच्च छ । आजको व्यापार हेर्दा चलचित्रले २ करोडको आसपासमा कमाई गर्ने देखिन्छ । चलचित्रको यही रफ्तार कायम रहेको खण्डमा दशैंको बिदा अवधीभर चलचित्रले १० करोड माथिको ग्रस कलेक्शन गर्ने पक्का छ ।

दीपेन्द्र के खनालको निर्देशनमा खगेन्द्र लामिछानेको कथा रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बनियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *