‘दुई कदम’को टिजरमा प्रेम, रोमान्स र द्धन्द्ध

२८ असोज २०८० १२:२९

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । उदय सुब्बाको निर्देशनमा तयार भएको यो चलचित्रको प्रेम, मित्रता र एक्सनले भरिएको टिजर आज सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारहरु इओन लिम्बु र सिमोन गिरीबिचको प्रेम र द्धन्द्धको कथालाई प्रस्तुत गरिएको छ ।

मंसिरको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा सुनिल थापा, गौरव पहारी, कविता आले, सुरविर पण्डित, प्रेम सुब्बा लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । सार्वजनिक टिजरमा गौरवलाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा तारादेवी लिम्बुको लगानी छ ।

चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा, विक्रम डीसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डीपी खनालको गीत, राजु किराँतीको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी, प्रविन ढकालको सम्पादन छ ।
चलचित्रमा विल्सन विक्रम राइको विशेष भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *